- किशोरले राजनीतिक-रणनीतिका क्षेत्रमा आफ्नो 'करिअर' सुरु गरेका थिए र डेटामा आधारित विश्लेषण, जनसम्पर्क, र आधुनिक प्रचार विधिहरूको प्रयोगमार्फत विभिन्न राजनीतिक दलहरूका निम्ति चुनावी अभियानहरू सफलतापूर्वक सञ्चालन गरेका थिए ।
भर्खरै भारतको विहार राज्यमा विधानसभा निर्वाचन सम्पन्न भएको छ । भारतिय जनता पार्टी र जनता दल युनाईटेड सहितको (एनडिए) ले भारतीय काङ्ग्रेस, राष्ट्रिय जनता दल सहितको महागठबन्धनलाई विधान सभा चुनावमा पराजित गरेको छ । २४३ विधान सभा सिट रहेको विहार राज्यमा भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी सहितको गठबन्धनले २०२ सिटमा जित हात पारेको छ भने महागठबन्धन ३३ सिटमा सिमित भएको छ । हरियाणा र दिल्ली राज्यको चुनावमा जीत हात पारेपछि दृढ आत्मबल सहित मैदानमा ओर्लिएको बिजेपीले मात्र ८९ सिटमा जित हासिल गर्न सफल भएको छ ।
यो त रह्यो चुनाव र नतिजाका कुरा, यसपटकको विहार राज्यको चुनावमा एउटा अनौठो दृष्य देखिएको थियो । भारतीय मुलधारका मिडिया लगायत धेरैले एउटा पात्रलाई विहार विधान सभामा निकै ठुलो स्थान दिए, चौतर्फी उनकै चर्चा थियो । उनको ख्याति र मिडिया प्रचारले ठुला-ठुला दलहरू पनि डराउनुपर्ने अवस्था आएको थियो । ती पात्र हुन् - प्रशान्त किशोर ।
प्रशान्त किशोर, जसलाई सामान्यतया “पिके” भनेर चिनिन्छ, भारतको एक चर्चित राजनीतिक रणनीतिकार हुन् । उनी ई.सं. २० मार्च १९७७ मा विहारको रोहतास जिल्लामा जन्मिएका थिए । प्रारम्भिक जीवनमा उनले सार्वजनिक स्वास्थ्य क्षेत्रमा काम गरे । पछि संयुक्त राष्ट्र तथा युनिसेफसँग सम्बन्धित कार्यक्रमहरूमा पनि करिब आठ वर्ष काम गरे । किशोरले राजनीतिक-रणनीतिका क्षेत्रमा आफ्नो 'करिअर' सुरु गरेका थिए र डेटामा आधारित विश्लेषण, जनसम्पर्क, र आधुनिक प्रचार विधिहरूको प्रयोगमार्फत विभिन्न राजनीतिक दलहरूका निम्ति चुनावी अभियानहरू सफलतापूर्वक सञ्चालन गरेका थिए ।
यति सम्मकि किशोर चुनावमा आफैं उठ्ने कुरा हरेक अन्तर्वार्तामा गरे तापनि अन्तिम समयमा भने चुनाव लड्नबाट पछि हटे, जन सुराजबाट उठेका सबै उमेदवार पराजित हुन पुग्यो । आफ्नो अध्ययन र विश्लेषणले प्रधानमन्त्री, मुख्य मन्त्रीसम्म बनाउन महत्त्वपूर्ण भुमिका खेलेका किशोरले आफ्नै पार्टीलाई एक सिट पनि जिताउन सफल भएनन् ।
प्रशान्त किशोरले नरेन्द्र मोदीको चुनावी अभियानमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले मोदीको सन २०१४ को आम चुनावका रणनीतिकारका रूपमा पनि काम गरे । किशोरले डेटा-आधारित विश्लेषण, भोटर व्यवहारको अध्ययन, र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गरेर चुनावी रणनीति तयार पार्थे । उनले “चाय पे चर्चा” जस्ता अभिनव कार्यक्रम मार्फत मोदीलाई जनतासँग जोड्न सहयोग गरे, जसले सामान्य मानिसहरूलाई मोदीको विचार र योजनासँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर प्रदान गर्यो । उनको टोली ऱ्याली, जनसभाहरू, डिजिटल मिडिया र टेलिभिजन प्रचारलाई समन्वय गरी चुनावी सन्देशलाई सबै तहसम्म पुऱ्याउन सफल भयो ।
किशोरको रणनीतिका कारण मोदीको छवि जनप्रिय नेता र विकासमुखी व्यक्तित्वको रूपमा स्थापित भयो । यस अभियानले भारतीय राजनीति र चुनावी प्रचारमा नयाँ दृष्टिकोण र आधुनिक रणनीतिको महत्वलाई प्रकट गर्यो ।
२०२४ मा उनले आफ्नै पार्टी “जन सुराज” स्थापना गरे, जसको उद्देश्य उत्तरदायी, पारदर्शी, र विकासमुखी शासन कायम गर्नु थियो । उनी जाती वा धर्मको आधारमा नभई शिक्षा, रोजगारी, र विकासका मुद्दामा जोड दिन चाहान्थे । जन सुराजले महिलाहरूको सशक्तिकरणमा पनि जोड दिएको थियो । उनका राजनीतिक दर्शनमा जिम्मेवार शासन, पारदर्शिता, र जनसमस्यामुखी नीतिहरु प्रमुख रहने गर्थ्यो । उनको यस हिसाबको राजनैतिक उदय सर्वत्र चर्चाको विषय बनेको थियो । जन सुराजले एनडिए र महागठबन्धनलाई विहारको विधान सभा चुनावमा कडा प्रतिस्पर्धा गर्ने आँकलन सबैले गरिरहेको प्रतित हुन्थ्यो ।
अहिले नेपालमा पनि त्यस्तै भाष्य निर्माण गर्न खोजिँदै छ । सामाजिक सञ्जालको प्रचार, सस्ता मुद्दा र दुरगामी दृष्टिकोण बिना राजनीतिमा आउने र राजनीति भनेको सस्तो लोकप्रियताको खेल बनाउने नियत बोकेका सबैको हालत किशोर र केजरिवाल जस्तै नहोला भन्न सकिन्न ।
६ नोभेम्वर र ११ नोभेम्वर गरि दुई चरणमा सम्पन्न भएको विहारको विधान सभा चुनावको नतिजा जब १४ नोभेम्वरमा आयो, चुनावी नतिजाले एकपटक सबैलाइ आश्चर्य चकित तुल्यायो । लोकप्रियता, मिडिया प्रचार, विश्लेषण सबैलाई गलत ठहऱ्याउँदै जन सुराजले एक सिट पनि जित्न सकेन । आँकलनहरु गलत सावित भए । लोकप्रियताको नारा केवल प्रचारसम्म मात्र सिमित रह्यो । त्यसले चुनावमा केही पनि फरक नपारेको देखियो । यति सम्मकि किशोर चुनावमा आफैं उठ्ने कुरा हरेक अन्तर्वार्तामा गरे तापनि अन्तिम समयमा भने चुनाव लड्नबाट पछि हटे, जन सुराजबाट उठेका सबै उमेदवार पराजित हुन पुग्यो । आफ्नो अध्ययन र विश्लेषणले प्रधानमन्त्री, मुख्य मन्त्रीसम्म बनाउन महत्त्वपूर्ण भुमिका खेलेका किशोरले आफ्नै पार्टीलाई एक सिट पनि जिताउन सफल भएनन् । लोकप्रियातावाद र 'मिडिया ट्राएल' बाट सत्तामा पुग्ने सपना देखेका किशोर त्यही मुद्दा र ढाँचाबाट दिल्लीको मुख्यमन्त्री पदसम्म पुगेका केजरिवाल जति पनि सफल हुन सकेनन् । भारत करोडौंको जनसङ्ख्या भएको देश हो । विपक्षी पनि करोडौं संख्यामा हुन्छन् । सामाजिक सञ्जालबाट भाष्य निर्माण गर्दैमा यथार्थ भोट पाइन्छ भन्ने कुरा गर्नु व्यवहारिक बुद्धिमत्ता होइन र थिएन ।
अहिले नेपालमा पनि त्यस्तै भाष्य निर्माण गर्न खोजिँदै छ । सामाजिक सञ्जालको प्रचार, सस्ता मुद्दा र दुरगामी दृष्टिकोण बिना राजनीतिमा आउने र राजनीति भनेको सस्तो लोकप्रियताको खेल बनाउने नियत बोकेका सबैको हालत किशोर र केजरिवाल जस्तै नहोला भन्न सकिन्न ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपालमा पनि पार्टी खोल्ने र राजनीतिमा आउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिन्छ । यहाँ पछिल्लो समय खेलाडीदेखि कलाकारसम्म सबैजना राजनीतिमा होमिनुले समाजका लागि गर्ने यो निःस्वार्थ सेवालाई एकदमै हल्का र सस्तो बनाएको छ । सबै क्षेत्रका मानिसले सामाजिक र राजनैतिक मुद्दाको विषयमा चिन्ता र चासो राख्नु कुनै नराम्रो कुरा होइन । हरेक नेपाली जनताको त्यो मौलिक अधिकारको विषय हो । तर राजनीति गर्ने र देशको जिम्मेवारी लिने कुरा त्यति हलुका र सजिलो बिषय भने पक्कै होइन । सामाजिक मनोविज्ञान, भुराजनैतिक जटिलता, अर्थतन्त्र, धार्मिक सम्वेदनशिलता जस्ता अति महत्त्वपूर्ण विषयलाई नबुझी 'मिडिया ट्राइल', भाष्य, सामाजिक सञ्जाल आदिलाई मात्र आधार बनाई राजनीतिमा होमिँदा यसले देशलाइ थप दुर्घटना तिर लाने सम्भावना रहन्छ । अहिले नै यी र यस्ता पात्रहरुको पदचाप पहिचान गरिनु देशको लागि हितकार हुन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।